पूर्वमन्त्री मनाङेलाई डिल्लीबजार कारागारको ‘ख ब्लक’ मा राखियो
काठमाडौं, २७ कात्तिक । ज्यान मार्ने उद्योगको कसुरमा दोषी ठहर भएपछि पक्राउ परेका गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजिव गुरुङ (दीपक मनाङे) लाई डिल्लीबजार कारागारको ख ब्लकमा राखिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली सानो भर्याङस्थित कम्फर्ट हाउजिङबाट पक्राउ गरेका मनाङेलाई आज (मंगलबार) नै फैसला कार्यान्वयनका लागि अदालतमा पेश गराएको थियो ।
त्यसपछि मनाङेलाई कैद भुक्तानका लागि डिल्लीबजार कारागार चलान गरिएको हो । डिल्लीबजार कारागारको ख ब्लकमा उनलाई राखिएको जेलर पूर्णबहादुर खत्रीले जानकारी दिए ।
ख ब्लकमा अहिले १५० जना कैदीबन्दी छन् । डिल्लीबजार कारागारकै क ब्लकमा भने साढे ५ सय कैदीबन्दी रहेको उनले बताए ।
मान्छेको चाप कम हुने भएकाले मनाङे ख ब्कल नै रोजेको हुनसक्ने कारागार प्रशासनको बुझाइ रहेको छ ।