नारायणगढ–बुटवल सडकखण्ड: काम मंसिरभित्र सुरु नभए ठेक्का तोड्ने प्रधानमन्त्री ओलीको चेतावनी

नारायणगढ–बुटवल सडकखण्ड: काम मंसिरभित्र सुरु नभए ठेक्का तोड्ने प्रधानमन्त्री ओलीको चेतावनी

काठमाडौं, २९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणगढ–बुटवल सडकखण्डको विस्तारको काम आगामी मंसिरभित्र सुरु नभएमा ठेक्का तोड्ने चेतावनी दिएका छन् ।

रुपन्देही, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका जनप्रतिनिधिहरुसहित आज भएको छलफलमा प्रधानमन्त्री ओलीले उक्त चेतावनी दिएका हुन् ।

उनले सडक विस्तारमा भइरहेको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुग्ने बताएका छन् । छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मंसिरभित्र काम सुरु नभएमा बाध्यतावस ठेक्का तोड्नुको विकल्प नहुने बताएको उनको सचिवालयले जनाएको छ ।