काठमाडौँमा सहकारी पीडितको प्रदर्शनमा प्रहरी हस्तक्षेप
काठमाडौं, ५ मंसिर । काठमाडौंको माइतीघरमा प्रहरी र सहकारी पीडितबीच झडप भएको छ ।
प्रहरीले थापाथलीतिरबाट आइरहेका सहकारी पीडितको जुलुसलाई नेपाली सेनाको मुख्यालय प्रवेश गर्ने गेट नजिकै रोक्न खोज्दा झडप भएको हो । झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् ।
सहकारीमा वचत गरेको रकम फिर्ता नपाएकाहरुले आफूहरुको रकम फिर्ता पाउनुपर्ने मागसहित प्रदर्शन गरेका थिए ।
ललितपुरको पुल्चोकमा जम्मा भएका पीडितहरु नाराबाजी गर्दै माइतीघरतर्फ आइपुगेका थिए ।
माइतीघर नजिकै पुग्दा निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको भन्दै प्रहरीले हस्तक्षेप गरेको हो ।