चितवनमा रवि लामिछानेसहित १० जनाविरूद्ध जाहेरी

चितवनमा रवि लामिछानेसहित १० जनाविरूद्ध जाहेरी

 काठमाडौं, ५ मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि प्रहरीकहाँ जाहेरी परेको छ । 

प्रहरीका अनुसार, चितवन साहारा सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध जाहेरी परेको हो ।

लामिछानेसहित १० जनाविरुद्ध जाहेरी परेको बागमती प्रदेशका डीआईजी कृष्णहरि शर्माले पुष्टि गरे ।

साहारा चितवन सहकारी ठगीको मुद्दा यसअघि नै अदालत पुगिकेको थियो । ८ असोजमा जीबी राईसहित १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता भएको थियो ।

३१९ बचतकर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ अनियमितता गरेको भन्दै १७ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो ।