भारतीय गुण्डा नाइके विश्नोईको नामबाट धम्की, सीआईबीमा चार जनाको जाहेरी
काठमाडौं, ५ मंसिर । भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर धम्की आएको भन्दै चार जनाले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी दिएका छन् ।
ब्यूरोका एसपी होविन्द्र बोगटीका अनुसार, उनीहरुले आफूहरुलाई दुबई र भारतको नम्बरबाट फोन गरेर धम्की व्यवहोरासहित सीआईबीमा जाहेरी दिएका हुन् ।
यद्यपी, यो मामलामा प्रहरीले एक साता अघिबाटै अनुसन्धान गरिरहेको उनले बताए ।
विश्वोई भने अहिले भारतको सबैभन्दा कडा सुरक्षा रहने तिहाड जेलमा छन् । विदेशबाट धम्की आएको विषयमा समेत जाँच गर्न भने प्रहरीको विशेष ब्यूरोले पनि सहयोग गरिरहेको सीआईबीले जनाएको छ ।