खोलानदी किनारको मापदण्ड खारेज गर्न माग गर्दै काठमाडौंमा र्याली
काठमाडौं, ६ मंसिर । काठमाडौंका नदी तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै र्याली निकालिएको छ ।
गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति तथा भूमि अधिकार संरक्षण संघर्ष समितिको नामबाट र्याली निकालिएको हो ।
ललितपुरको कुपण्डोलबाट बागमती नदी किनारबाट सुरु भएको र्याली माइतीघर मण्डलासम्म पुग्ने छ । र्‍यालीमा अभियन्ता सुमन सायमीसहित छन् ।
‘जनतालाई उठिबास गर्ने गैर न्यायिक सडक तथा खोला मापदण्ड खारेज गर’ लगायत नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन् ।