एकैदिन एक हजार रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, ६ मंसिर । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
हिजो(बुधबार) प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार एक हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला एक हजार ९५० रुपैयाँमा किनबेच भएको चाँदीको मूल्य बिहीबार पनि सोही मूल्य कारोबार भइरहेको छ ।