भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा सेनाको मानार्थ महारथी उपाधि प्रदान

भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा सेनाको मानार्थ महारथी उपाधि प्रदान

काठमाडौं, ६ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरेका छन् ।

राष्ट्रपति निवास शीतलनिवासमा एक समारोहकाबीच सेनापति द्विवेदीलाई नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले उक्त दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री मानवीर राईलगायत विशिष्टहरु अधिकारीहरुको उपस्थिति रहेको थियो । 

भारतीय स्थल सेनाका सेनाध्यक्ष द्विवेदी हिजो (बुधबार) काठमाडौं आएका हुन् ।