बुधबार २४ मंसिर, २०८२

मिटरब्याज असुल्ने व्यापारीमाथि चक्कु प्रहार

मिटरब्याज असुल्ने व्यापारीमाथि चक्कु प्रहार

बुटवल, ६ मंसिर । मिटर ब्याज असुलेको आरोप लगाउँदै नेकपा बहुमतका कार्यकर्ताले दाङ घोराहीका एक व्यवसायीमाथि आक्रमण गरेका छन् । 

आज (बिहीबार) बिहान घोराहीको विपी चोकस्थित सञ्जिवनी कलेजका शिक्षकसँग ऋण असुल्न गएका बेला नेकपा बहुमतका कार्यकर्ताले धनबहादुर बस्नेतको नाकमा चक्कु प्रहार गरेका हुन्  ।

घाइते बस्नेत राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार गराएर घर फर्किसकेका छन् ।

दाङ प्रहरी प्रमुख अर्जुन तिमिल्सेनाका अनुुसार, आक्रमणमा संलग्न नेकपा बहुमतका कार्यकर्ता फरार रहेका र खोजी भइरहेको छ । 

यसअघि अर्का मिटरब्याजी दुर्गाप्रसाद पन्तलाई पनि नेकपा बहुमतका कार्यकर्ताले कालोमोसो दलेका थिए ।