थमन विक हत्याका अभियुक्त पुर्पक्षका लागि जेल चलान

थमन विक हत्याका अभियुक्त पुर्पक्षका लागि जेल चलान

जनकपुरधाम, ७ मंसिर । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणका फरार अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । महोत्तरीको जलेश्वर नगरपालिका–६ का ५५ वर्षीय देवेन्द्र चौधरीलाई जलेश्वर कारागार चलान गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालतको आदेशले उनी बिहीबार पुर्पक्षका लागि कारागार चलान गरिएका हुन् । 

प्रहरीले चौधरीलाई कार्तिक २ गते जलेश्वर नगरपालिका–१ स्थित रामानन्द बिशेश्वर महेन्द्र क्याम्पस अगाडिबाट पक्राउ गरी अदालतमा उपस्थित गराइएको थियो ।

दोस्रो मधेश आन्दोलनका बेला २५ भदौ २०७२ मा थमन विकको महोत्तरीमा हत्या गरिएको थियो ।