सभामुख घिमिरे आज कम्बोडिया जाँदै

सभामुख घिमिरे आज कम्बोडिया जाँदै

काठमाडौं, ७ मंसिर । सभामुख देवराज घिमिरे आज (शुक्रवार) कम्बोडिया जाँदै छन् ।

सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन (आईपीटीपी) मा भाग लिन घिमिरे कम्बोडियातर्फ प्रस्थान गर्न लागेका हुन् । 

उक्त सम्मेलन कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म अर्थात् मंसिर ८गतेदेखि १० गतेसम्म आयोजना हुँदैछ । सभामुख घिमिरे सम्मेलनमा सहभागी भएर ११ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ । 

विभिन्न मुलुकका सांसदबीच अन्तर्क्रियाका लागि ग्लोबल काउन्सिल फर टोलरेन्स एन्ड पिसले सन् २०१७ देखि यो सम्मेलन आयोजना गर्दै आएको छ । सम्मेलनमा एक सय भन्दा बढी देशका जनप्रतिनिधिले सहभागिता जनाउने छन् ।