दरबारमार्ग क्षेत्रमा सवारी आवागमन प्रभावित
काठमाडौं, ७ मंसिर । काठमाडौं उपत्यकामा आज सवारी साधनको जामका कारण ट्राफिक व्यवस्थापन आज अस्तव्यस्त हुनसक्ने देखिएको छ । त्यसकारण उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक सवारी रुट सार्वजनिक गरेको छ ।
आज सत्तारुढ नेकपा एमालेसहित विभिन्न पक्षले काठमाडौंका दुई र ललितपुरका दुई स्थानमा केन्द्रित भएर प्रदर्शन गर्ने तयारी गरेको छ ।
एमालेले जागरण सभा नामबाट दरबारमार्गमा शक्ति प्रदर्शन गर्दै छ । सभा अघि विभिन्न स्थानबाट र्याली निकाल्ने एमालेले जनाएको छ ।
दरबारमार्गमा हुने सभाका लागि मञ्च निर्माणको भइरहेको छ । त्यसैले ट्राफिकले उक्त क्षेत्रमा सवारीआवतजावतमा रोक लगाएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, दरबारमार्गतर्फ आउने सवारी साधनलाई केशरमहल, महेन्द्र शालिक र जयनेपाल चोकबाट ड्राइभर्सन गरिएको छ ।
काठमाडौंका विभिन्न सम्पर्कविन्दुबाट सुरु जुलुस दरबारमार्ग पुगेर सभामा परिणत हुने एमाले नेता विष्णु रिजालले जानकारी दिए ।