एमालेको शक्ति प्रदर्शन, काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त
काठमाडौं, ७ मंसिर । नेकपा एमालेसहितको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । काठमाडौंका विभिन्न ठाउँबाट निकालिएका र्याली अहिले दरबारमार्ग भेला हुने क्रम जारी छ ।
एमालेले सभाअघि विभिन्न स्थानबाट र्याली निकालेको थियो । यसैगरी दुर्गा प्रसाईं समूहले कोटेश्वर क्षेत्रमा प्रदर्शन गरेको छ । जसकारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो ।
एमालेको सभाका लागि नारायणहिटी दरबारको गेट अगाडि मञ्च निर्माण गरिएको छ ।
सो क्षेत्रमा सवारी आवतजावत गर्न रोक लगाएको छ भने दरबारमार्गतर्फ आउने सवारी साधनलाई केशरमहल, महेन्द्र शालिक र जयनेपाल चोकबाट ड्राइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।