रवि र छविसहित १० जनाविरूद्ध चितवनबाट पनि पक्राउ पुर्जी जारी
चितवन, ७ मंसिर। सहकारी रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।
आज (शुक्रबार) जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले पक्राउ पुर्जी जारीका लागि अनुमति दिएको हो । रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
चितवनको साहारा सहकारीपीडित २४ जनाले उनीहरूविरूद्ध जाहेरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका वरिष्ठ प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार, साहाराबाट गोर्खा मिडियासहित ५ वटा संस्थार कम्पनीमा रकम पठाइएका संस्थाका सञ्चालक तथा पदाधिकारीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।