एलन मस्कसँग प्रधानमन्त्री ओलीको 'भर्चुअल' संवाद
काठमाडौं, ७ मंसिर । विश्वकै धनी अमेरिकी खर्बपति व्यवसायी एलन मस्कसँग प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले कुराकानी गरिरहेका छन् ।
आज (शुक्रबार) साँझ प्रधानमन्त्री ओलीले माइक्रोसफ्ट टिम्समार्फत सामाजिक सञ्जाल एक्सका मालिक मस्कसँग कुराकानी गरिरहेको उनको सचिवालयले जानकारी दियो । तर, कुन विषयमा संवाद भइरहेको छ भन्ने विषय सार्वजनिक गरिएको छैन ।
स्पेश एक्सका कम्पनीका मालिक समेत रहेका मस्कले नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टार लिंक सुरूवात गर्ने इच्छा देखाइरहेका छन् ।
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई अमेरिकाको डिपार्टमेन्ट अफ गर्भर्मेन्ट एफिसियन्सीमा नियुक्त गर्ने घोषणा गरिसकेका छन् ।
उनले ट्रम्पलाई चुनावी अभियानमा २० करोड अमेरिकी डलर चन्दा दिएको विवरण समेत बाहिरिएका थिए ।