दुर्गा प्रसाईं पक्राउ विरोधमा बन्दी प्रत्यक्षीकरण रिट, आजै सुनुवाइ हुँदै

दुर्गा प्रसाईं पक्राउ विरोधमा बन्दी प्रत्यक्षीकरण रिट, आजै सुनुवाइ हुँदै

काठमाडौं, ९ मंसीर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई गैरकानूनी रुपमा प्रहरी हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन परेको छ । 

प्रसाईंका छोरा निराजन प्रसाईंले आफ्ना बाबुलाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबी सहित गत शुक्रबार सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका हुन् । 

आज (आइतबार) निवेदनमाथि सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइ गर्दैछ ।  न्यायाधीश डा.मनोजकुमार शर्माको इजलासमा प्रसाईंले दायर गरेको निवेदनको पेसी परेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै प्रसाईंले बोलेको विवादास्पद भिडियो सार्वजनिक भएपछि ४ मंसिरमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

प्रसाईंका छोरा निराजन प्रसाईंले आफ्ना बाबुलाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबी सहित गत शुक्रबार सर्वोच्चमा निवेदन दायर गरेका हुन् ।  

जिल्ला अदालत, काठमाडौंको अनुमति लिएर प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । प्रहरीले प्रसाईंमाथि साईबर अपराध, सरकारी कागजात किर्ते लगायतको आरोपमा अनुसन्धान गरिरहेको जनाएको छ ।