बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, ९ मंसिर । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन प्रतितोलामा एक हजार ७ सय रुपैयाँले बढेर एक लाख ६७ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुन प्रतितोला एक लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला २० रुपैयाँ बढेर एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार चाँदी प्रतितोला एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको महासंघ जनाएको छ ।