पूर्वराज्यमन्त्री पदम राईलाई पेरिसडाँडामा दिइयो अन्तिम श्रद्धाञ्जली

पूर्वराज्यमन्त्री पदम राईलाई पेरिसडाँडामा दिइयो अन्तिम श्रद्धाञ्जली

काठमाडौ, ९ मंसिर । पूर्वराज्यमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य पदमबहादुर राईलाई पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ । 

आज बिहान आयोजित श्रद्धाञ्जली सभामा माओवादी अध्यक्ष प्रचण्ड, नेता तथा कार्यकर्तालगायतले पेरिसडाँडा पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

पार्टी अध्यक्ष प्रचण्डले राईको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएर सम्मान गरे ।

अध्यक्ष प्रचण्डले शोक वक्तव्य जारी गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । राईको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भएको प्रचण्डले बताए ।

पूर्वराज्यमन्त्री राईको ५८ वर्षको उमेरमा हिजो (शनिबार) बेलुकी साढे ६ बजे वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।