नेपाल प्रहरीका दुई एआईजी अनिवार्य अवकाशमा जाँदै

नेपाल प्रहरीका दुई एआईजी अनिवार्य अवकाशमा जाँदै

काठमाडौं, ९ मंसिर । मंसिर महिनामा उमेरहदका कारण दुई अतिरिक्त महानिरीक्षक (एआईजी) अनिवार्य अवकाशमा जान लागेका छन् । 

एआईजीको ५६ वर्षे उमेरहदका कारण एआईजी केदार ढकाल र भीम ढकाल अनिवार्य अवकाशमा जान लागेका हुन् ।

केदार ढकाल २२ मंसिरदेखि ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जाने प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागले जानकारी दिएको छ ।