राहदानी विभाग: ५ दिनदेखि राहदानी वितरणको काम ठप्प, परिसरमा फोटो–भिडियो खिच्न रोक

राहदानी विभाग: ५ दिनदेखि राहदानी वितरणको काम ठप्प, परिसरमा फोटो–भिडियो खिच्न रोक

काठमाडौं, ९ मंसिर । राहदानी विभागले विभाग परिसरभित्र सञ्चारमाध्यमलाई फोटोरभिडियो खिच्न रोक लगाएको छ । 

पिाँच दिनदेखि सेवा अवरुद्ध भएकोबारे समाचार संकलन गर्न गएका पत्रकारहरुलाई विभागले फोटोरभिडियो खिच्न निषेधित गरेको हो । 

भवनको, कर्मचारीको र मुख्य गेटको फोटोरभिडियो खिच्न निषेध नगरेको तर, कार्यालयमा आएका सेवाग्राही देखिने गरी दृष्य कैद गर्न नपाइने महानिर्देशक अर्यालले बताए ।

राहदानी वितरण प्रक्रिया अनिश्चितकालका लागि ठप्प छ । शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेर राहदानी प्रणालीमा आएको समस्या समाधान गर्न प्राविधिक समूह काम गरिरहेको विभागले जानकारी दिएको थियो ।

 मंसिर १० गतेदेखि सबै समस्या समाधान गरेर सेवा पुनः सुरु गर्न प्रयास जारी रहेको विभागले जनाएको छ ।