मार्बल र ग्रेनाइटको भन्सार घटेर १० प्रतिशतमा सीमित

मार्बल र ग्रेनाइटको भन्सार घटेर १० प्रतिशतमा सीमित

काठमाडौं, १० मंसिर । ढुंगाकै रूपमा आउने कच्चा मार्बल, ग्रेनाइट र तयारी मालमा समान  लगाइएको भन्सार र अन्तःशुल्क घटेको छ ।

उद्योगहरूले ठूलो ढुंगाकै स्वरूपमा ल्याउने मार्बल, एलवास्टर, ग्रेनाइट र तयारी मालमा समान भन्सार दरका कारण उद्योगीहरू मारमा परेको गुनासो गदैआएका थिए । सरकारले उद्योगीको माग सम्बोधन गर्दै भन्सार र अन्तःशुल्क घटाएको हो ।

ढिक्का वा पाताका रूपमा आयताकार काटिएका मार्बल तथा एलवास्टरमा ३० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तःशुल्क लगाउने काम यसअघिको सरकारले गरेको थियो ।

अहिले सरकारले भन्सार दरलाई १० प्रतिशतमा झारिदिएको छ भने अन्तःशुल्क शून्य प्रतिशतमा पुर्‍याइएको छ । 

त्यस्तै,  ढिक्का वा पाताका रूपमा आयताकार काटिएका ग्रेनाइटमा भन्सार २० प्रतिशत र अन्तःशुल्क २५ प्रतिशत लगाइएकोमा त्यसलाई घटाएर भन्सार १० प्रतिशतमा पारिएको छ भने अन्तःशुल्क शून्य झारिएको छ ।