परराष्ट्रमन्त्री राणाले भनिन्– प्रधानमन्त्रीको चीन भ्रमणबारे कांग्रेस–एमालेमा विवाद छैन
काठमाडौं, १० मंसिर । परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीबारे सरकारमा सहभागी प्रमुख दुई दल नेकपा एमाले र नेपाली कांग्रेसबीच सल्लाह भइरहेको बताएकी छिन् ।
चीन भ्रमणका एजेण्डाबारे प्रधानमन्त्री ओलीले आयोजना गरेको छलफलमा उनले बाहिर हल्ला भएजस्तो विवाद नभएको जिकिर पनि गरिन् ।
‘सरकारमा सहभागी दुईवटा मुख्य पार्टीको टिम बसेर सबै कुरा सल्लाह गरेर नै हामीले यो भ्रमणको तयारी गरेका हौं, बाहिर आए जस्तो विवाद छैन ।’’ उनले भनिन् ।
साथै, प्रधानमन्त्रीको यो चीन भ्रमण सफल बनाउन नेकपा एमाले र नेपाली कांग्रेस दुवै लागिपरेको परराष्ट्रमन्त्री राणाले दाबी समेत गरिन् ।