सुनको मूल्य ओरालो लाग्ने क्रम जारी, तोलामा २६ सय रुपैँयाले घट्यो सुन

सुनको मूल्य ओरालो लाग्ने क्रम जारी, तोलामा २६ सय रुपैँयाले घट्यो सुन

काठमाडौं, ११ मंसिर । अघिल्लो दिन प्रतितोला १५ हजार ९ सय रुपैयाँ घटेको सुनको भाउमा आज (मंगलबार) फेरि २ हजार  ६ सय रुपैयाँ कमी आएको छ । 

यस दिनका लागि सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिन प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ थियो । यसअघि १५ कात्तिकमा सुनको मूल्य आकाशिएर प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

त्यस्तै, चाँदीको भाउमा प्रतितोला २५ रुपैयाँ गिरावट आएको छ ।  अघिल्लो दिन प्रतितोला १८४५ रुपैयाँ रहेको चाँदी यस दिन १८२० रुपैयाँ तोकिएको छ ।