दुर्गा प्रसाईंलाई सर्वोच्चबाट अस्पताल लगियो
काठमाडौं, ११ मंसिर । व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल फर्काइएको छ ।
साइबर कसूरमा प्रहरीले पक्राउ गरेका प्रसाईंलाई आज (मंगलबार) बन्दी प्रत्यक्षीकरणको रिट बमोजिम अदालतमा उपस्थित गराइएको थियो ।
उनका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । अहिले उनलाई अस्पताल नै फिर्ता लगिएको छ ।