संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य गर्न मन्त्रालयको निर्देशन
काठमाडौं, ११ मंसिर । सबै संघीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।
कतिपय सरकारी अस्पतालमा कार्यालय समयमा चिकित्सक उपलब्ध नहुने गुनासो आएपछि विद्युतीय हाजिरीमार्फत रेकर्ड राख्ने व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएको हो ।
कार्यालय समयमा चिकित्सक बाहिर भेटिने समस्या अन्त्य गर्न विद्युतीय हाजिरी अनिवार्य गरेर कडाइ गर्न मातहतका कर्मचारीहरूलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले भनेका थिए ।
त्यसलगत्तै मन्त्रालयअन्र्तगतको गुणस्तर मापन तथा नियमन महाशाखाले २४ वटा संघीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य व्यवस्था गरेर त्यसबारे जानकारी पठाउन पत्राचार गरेको हो ।