काठमाडौँ–१६ मा स्वतन्त्र उम्मेदवार पन्तको साथ रास्वपालाई

काठमाडौँ–१६ मा स्वतन्त्र उम्मेदवार पन्तको साथ रास्वपालाई

काठमाडौं, ११ मंसिर। आसन्न उपनिर्वाचनमा काठमाडौं महानगर १६ नम्बर वडाका स्वतन्त्र उम्मेदवार प्रकाश पन्तले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रोजिना श्रेष्ठलाई समर्थन गर्ने भएका छन् ।

आज (मंगलबार)  वनस्थलीस्थित रास्वपा पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर समर्थन गर्ने घोषणा गरिएको  हो । 

‘पछिल्लो राजनीतिक विभिन्न पक्षहरूको विश्लेषण गर्दा रास्वाकको तर्फबाट उम्मेदवार हुनुभएकी रोजिना श्रेष्ठ एक शसक्त उम्मेदवार भएको अनुभूति भयो,’ पन्तले समर्थनपत्रमा उल्लेख गरेका छन् ।

रास्वपा र आफ्नो प्रतिवद्धता पत्र समान उद्धेश्य प्राप्तिका लागि भएको र दुबैको प्रतिवद्धता कार्यान्वयन गर्ने सहमति बनेको उनले बताए ।