विराटनगर किङ्सले एनपीएल जिते ३० लाख पुरस्कार दिने कोशीका मुख्यमन्त्रीको घोषणा
विराटनगर, १२ मंसिर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर किंग्सले एनपीएलको उपाधि जिते प्रदेश सरकारका तर्फबाट ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।
मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपीएल हुँदैछ । विराटनगरका किङ्सका खेलाडीलाई बिदाइ कार्यक्रममा मुख्यमन्त्री कार्कीले उपाधि जिते ३० लाख पुरस्कार दिने घोषणा गरेका हुन् ।
नेपाल क्रिकेट सङ्घको आयोजनामा हुनगइरहेको नेपाल प्रिमियर लिगका लागि कोशी प्रदेशबाट विराटनगर किंग्स सहभागी हुँदैछ ।
मुख्यमन्त्री कार्कीले विराटनगरको टोलीलाई विदाइ गर्दै जितका लागि शुभकामना व्यक्त गरे । मुख्यमन्त्री कार्कीले खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण थपिएको समेत उल्लेख गरे ।