सबैभन्दा धेरै कर तिर्ने कम्पनी नेपाल टेलिकम

सबैभन्दा धेरै कर तिर्ने कम्पनी नेपाल टेलिकम

काठमाडौं, १२ मंसिर ।  सरकारी स्वामित्व रहेको दूरसञ्चार कम्पनी नेपाल टेलिकम आर्थिक वर्ष २०७९/८० को उत्कृष्ट करदाता सूचीको शीर्ष स्थानमा परेको छ ।

आन्तरिक राजस्व विभागद्वारा राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा टेलिकमलाई सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा सम्मान गरिएको हो ।

टेलिकमले पछिल्ला आर्थिक वर्षहरूमा लगातार उत्कृष्ट करदाताको सम्मान पाउँदै आएको छ ।

त्यस्तै, उक्त आर्थिक वर्षमा एकलौटी फर्ममध्ये सबैभन्दा बढी आयकर दाखिला गरेबापत श्रुति ट्रेडर्सलाई पनि सम्मान गरिएको छ । त्यसैगरी व्यक्तिगत आयकरमा सबैभन्दा धेरै योगदान गर्ने राजबहादुर शाहलाई सम्मान गरिएको छ । 

त्यस्तै सूचना प्रविधि निर्याततर्फ उत्कृष्ट करदाताका रूपमा कोडावतार टेक प्रालि सम्मानित भएको छ ।