थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

धरान (सुनसरी), १३ मङ्सिर । बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला  थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक १५ लाख आर्जन गर्दै आएका छन् । विगत २० वर्षदेखि थाङ्का बनाउँदै आएका उनले थाङ्कालाई नै आम्दानीको मुख्य स्रोत बनाएका छन् ।

उनी भन्छन्, “बौद्ध दर्शनमा आधारित एउटा विशिष्ट शास्त्रीय चित्रकलाजस्तै हो र यो नेवार जातिको परम्परागत चित्रकला पौभासँग मिल्दोजुल्दो हुन्छ । घर खर्च यसैबाट जुटाउने गरेको छु । धेरै चित्र गुम्बाहरुमा बिक्री हुने गरेको छ”, तर यहाँ प्रशस्त गुम्बा नहुँदा काठमाडौँका साथै चीनको तिब्बत, हङकङ, सिङ्गापुर,अमेरिकालगायत देशमा बिक्री हुने गरेको छ । 

‘थाङ्का चित्र अहिले धेरैजसो नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले किन्ने गरेका छन् ।’ उनी सुनाउँछन् । विदेशीले थाङ्का चित्रमार्फत नेपालको ऐतिहासिक तथा धार्मिक परम्परालाई झल्काउने उनले बताए । उनले १० जनालाई रोजगारी पनि दिएका छन् । उनीसँग  थाङ्का बनाउन सिकेकाहरू धचित्र कोर्न सिक्नेको लागि पनि एउटा राम्रो ठाउँ बनेको वैदेशिक रोजगारीमा गएका छन् जहाँ उनीहरूले यो कला पनि प्रस्तुत गर्ने उनले सुनाए ।

एउटा थाङ्का चित्र बनाएर पहिलोपटक रु ५० हजारमा बिक्री गरे पछि व्यावसायिक रुपमा काम थालेका उनले  चार हजारदेखि पाँच लाखसम्मका थाङ्का  बिक्री गर्दै आएका छन् ।