कीर्तिपुरको उपचुनाव जनमत संग्रह: राजेन्द्र पाण्डे

कीर्तिपुरको उपचुनाव जनमत संग्रह: राजेन्द्र पाण्डे

काठमाडौं, १३ मंसिर । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले कीर्तिपुरको उपचुनाव जनमत संग्रह नै भएको बताएका छन् । कीर्तिपुरस्थित नगाउँ दोबाटोमा आयोजित चुनावी सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘यो उपचुनाव साँच्चै देशको लागि अहिलेको अवस्थाको जनमत संग्रह नै हो, यसमा हँसिया हथौडामा मत दिनुस् भन्नका लागि नेकपा एकीकृत समाजवादीको तर्फबाट पार्टीको निर्णय सुनाउन आएको हुँ ।’ पाण्डेले भने ।

साथै, उनले कीर्तिपुरको प्रमुखमा माओवादीलाई आफ्नो पार्टीले सहयोग गर्ने र काठमाडौं–१६ मा आफ्नो पार्टीलाई माओवादी केन्द्रले सघाउने समझदारी बनेको जानकारी पनि सभामा गराए । 

‘हामीले कीर्तिपुरमा माओवादीको उम्मेदवारलाई सहयोग गर्ने र काठमाडौं–१६ मा माओवादीले हाम्रो उम्मेदवारलाई सहयोग गर्ने समझदारी भएको छ । म यही कुरा भन्न आएको हुँ ।’ उनले भने ।