बुधबार २४ मंसिर, २०८२

अपडेट : ५ पुग्यो रोल्पामा माटोको ढिस्को पुरिएर मृत्यु हुनेको संख्या

अपडेट : ५ पुग्यो रोल्पामा माटोको ढिस्को पुरिएर मृत्यु हुनेको संख्या

काठमाडौं, १६ मंसिर । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल बनाउने क्रममा माटोको ढिस्को कामदारहरुमाथि खसेर ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

पुरिएका ६६ वर्षीय देविराम परियारको पनि शव भेटिएपछि मृतकको संख्या ५ पुगेको हो ।

यसअघि ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार र २७ वर्षीया आईती परियारको निधन भएको थियो । मृतक पाँचै जना सुनछहरी गाउँपालिका वडानम्बर ३ बाहिरी गामका हुन् ।

उनीहरु मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्को खस्दाँ आज बिहान ९ः५० बजे पुरिएका थिए । त्यसक्रममा दुई जना भने भागेर ज्यान जोगाएका थिए ।

उक्त स्थानमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरीक्षक अरुण तामाङको कमाण्डमा ७ जना र प्रहरी चौकी गामबाट प्रहरी सहायक निरीक्षक प्रकाश विष्टको कमाण्डमा ५ जनाको टोली उद्धारमा खटिएको बताइएको छ ।