११ महिनामा नेपाल भित्रिए साढे १० लाख पर्यटक

११ महिनामा नेपाल भित्रिए साढे १० लाख पर्यटक

काठमाडौं, १६ मंसिर । नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या १० लाख नाघेको छ।  पर्यटन बोर्डका अनुसार, सन् २०२४ नोभेम्बरसम्म १० लाख ५५ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । 

सन् २०२३ मा विभिन्न देशबाट १० लाख १४ हजार पर्यटक नेपाल घुम्न आएका थिए।  पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले यस वर्ष १० लाख पर्यटकको माइलस्टोन ११ महिनामै पूरा भएको बताए।

सन् २०२४ मा १२ लाख पर्यटक भित्रिने अपेक्षा गरिएको थियो । तर, पर्यटकीय सिजन झण्डै सकिनै लागेको हुँदा त्यो अपेक्षा पूरा नहुने देखिएको छ। सन् २०१९ मा इतिहासकै सबैभन्दा धेरै ११ लाख ९७ हजार पर्यटक नेपाल भित्रिएको तथ्यांकमा उल्लेख छ ।