बुधबार २४ मंसिर, २०८२

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो एनपीएलकै ठूलो लक्ष्य

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो एनपीएलकै ठूलो लक्ष्य

काठमाडौं, १८ मंसिर । कप्तान दीपेन्द्र सिंह ऐरीले आक्रमक ब्याटिङ प्रदर्शन गर्दै अर्धशतक बनाएपछि सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा एनपीएलमा विराटनगर किंग्ससामु १८३ रनको जितका लागि लक्ष्य प्रस्तुत गरेको छ । 

दीपेन्द्रले अन्तिम दुई बलमा लगातार छक्का प्रहार गर्दै सानदार प्रदर्शन गरे ।  उनले १९.५ ओभरमा छक्का प्रहार  गर्दै अर्धशतक पूरा  गरेका थिए ।

अन्तिम बलमा पनि छक्का हानेपछि दीपेन्द्रले २४ बलमा अविजित ५७ रन जोडे । उनले ३ चौका र ५ छक्का प्रहार गरे । उनले बाउन्ड्रीबाट ४२ रन बनाएका थिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ७ विकेट गुमाएर १८२ रनको योगफल तयार गरेको हो । कप्तान दीपेन्द्रसिंह ऐरीले ५७, ब्रान्डनले ३६, बिनोद भण्डारीले २३, इशान पाण्डेले २१, सैफ जैबले १४, स्कटले १० रन बनाए ।

विराटनगरका अनिल खरेलले तीन, क्रिस सोले, इस्मत अलाम र बसिर अहमेदले एकरएक विकेट झारे । जारी एनपीएलमा यो अहिलेसम्मकै ठूलो लक्ष्य हो।