बुधबार २४ मंसिर, २०८२

प्रतितोला एक हजारले बढ्यो सुन, चाँदीको मूल्य कति ?

प्रतितोला एक हजारले बढ्यो सुन, चाँदीको मूल्य कति ?

काठमाडौँ, १८ मङ्सिर । सुनको मूल्य प्रतितोला एक हजार रुपैँयाले  बढेको छ ।

सोमबार प्रतितोला एक लाख ४९ हजार तीन सय रुपैँयामा कारोबार भएको सुन आज बढेर एक लाख ५० हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला रू एक हजार आठ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आज रू एक हजार आठ सय ४५ कायम भएको छ ।