नेपाल र चीनबीच के-के विषयमा भए सहमति र समझदारी ?
काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा दुई देशबीच ९ वटा विभिन्न विषयमा सहमति र समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । ९ विषयमा सहमति समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले दिएको जानकारी दिएका हुन् ।
उनका अनुसार, आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच दुईपक्षीय भेटवार्ता भएको थियो । त्यसपछि दुई देशका अधिकारीहरुले सहमति र समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।
ग्रेट हल अफ दी पिपुलमा भएको दुई पक्षीय वार्ताले दुई देशको सम्बन्धलाई थप उचाई पुगाउन मद्दत पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता ढकालका अनुसार, खासगरी कनेक्टिभिटी, इण्डस्ट्रियल डेभलपमेन्ट, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट, मेडिकल कोअपरेसन, एग्रिकल्चर, ट्रेड, टुरिजम, इन्भेष्टमेन्ट, साइन्स एण्ड टेक्नोलोजी, स्पोर्टस् , डिजास्टर म्यानेजमेन्ट, पिपुल टु पिपुल कन्ट्याक्ट र गरिबी निवारण लगायतका विषयमा सहयोग अदान प्रदान गर्ने विषयमा सहमति र समझदारी भएको छ ।
-टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान
-नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र
-नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान
-थर्मल्ली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल
-विकास योजना सम्बन्धी समझदारी पत्र
-आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र
-नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान
-स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र
-नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप बीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र