गोली चलाएर सुनसरीबाट प्रहरीले नियन्त्रणमा लियो ६४१ किलो गाँजा
विराटनगर, १९ मंसिर । प्रहरीले सुनसरी गाँजासहितको गाडी नियन्त्रणमा लिएको छ । त्यसक्रममा प्रहरीले लागि गोली समेत चलाउन परेको छ । प्रहरीले धरानमा चार राउण्ड गोली चलाएर गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरी प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाका अनुसार, प्रहरीले ६४१ किलो गाँजासहित दुई वटा गाडी नियन्त्रणमा लिएको छ । दुई गाडीका चालक मध्ये एक जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
धनकुटाबाट गाँजा लिएर धरान तर्फ आउँदै गरेको गाडी रोकेर चेकजाँच गर्ने क्रममा प्रहरीले गोली चलाएको बताइएको छ ।
