शनिबार २७ मंसिर, २०८२

धवनको अर्धशतकमा काठमान्डुलाई दियो कर्णालीले १५० रनको लक्ष्य

धवनको अर्धशतकमा काठमान्डुलाई दियो कर्णालीले १५० रनको लक्ष्य

काठमाडौं, १९ मंसिर । भारतीय क्रिकेटर शिखर धवनले अर्धशतक प्रहार गरेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गुर्खाजलाई १५० रनको लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ५ विकेटको क्षतिमा १४९ रन जोडेको हो । 

धवनले ५१ बल खेल्दै ४ चौका र ५ छक्का मद्दतमा अविजित ७२ रन बनाए ।

एक छेउबाट सुरुदेखि नै विकेट गएपनि धवनले अर्को छेउबाट टिकेर इनिङ्स सम्हालेका थिए । धवनले छैटौं विकेटका लागि जिसान मक्सुदसँग अविजित ६५ रनको साझेदारी गरे ।​​​​​​​

मक्सुदले ११ बल खेल्दै १ चौका मदतमा अविजित १४ रन जोडे ।

चाडविक वाल्टनले २१, बाबा रहायतले १३ र गुल्सन झाले २ रन बनाए । अर्जुन घर्ती ४ रनमा आउट भए भने ओपनर देव खनालले खाता नै खोल्न सकेनन् ।

बलिङमा काठमाडौंका जेरार्ड एरासमसले २ तथा करण केसी, नाथन सोटर र दिपेश कँडेलले १/१ विकेट झारे ।