मंगलबार ०१ पुस, २०८२

कीर्तिपुरबाट एनपीएलमा सट्टेबाजी खेलाउने थप ३ जना पक्राउ

कीर्तिपुरबाट एनपीएलमा सट्टेबाजी खेलाउने थप ३ जना पक्राउ

काठमाडौं, २० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी खेलाएको आरोपमा थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

कीर्तीपुर मैदानबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो । यसअघि प्रहरीले चार जना भारतीय नागरिकलाई सट्टेबाजी खेलाएको आरोपमा पक्राउ गरेको थियो ।

स्पोर्ट बाजी, प्रोबो ललगायत अनलाइन बेटिङ एपबाट उनीहरुले सट्टेबाजी खेलाएको आरोप छ । पक्राउ परेकाहरुविरुद्ध सट्टेबाजी खेलाउन नहुने कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।