सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो बजार भाउ ?
काठमाडौं, २० मंसिर । साताको कारोबारको पाचौं दिन आज (बिहीवार) सुनको भाउ बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, कारोबारको अघिल्लो दिन प्रतितोला १५०४०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३०० रुपैयाँले बढेर १५०७०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १८८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।