शनिबार २७ मंसिर, २०८२

पोखराका आन्द्रेस गौस बने एनपिएलमा शतक हान्ने पहिलो खेलाडी

पोखराका आन्द्रेस गौस बने एनपिएलमा शतक हान्ने पहिलो खेलाडी

काठमाडौं, २१ मंसिर । आन्द्रेस गौस जारी नेपाल प्रिमियर लिग एनपीएलमा शतक हान्ने पहिलो खेलाडी बनेका छन् ।

पोखरा एभेन्जर्सबाट खेल्दै गौसले लुम्बिनी लायन्स विरुद्ध प्रतियोगिताकै पहिलो शतक प्रहार गरेका हुन् ।

१६औं ओभरको अन्तिम बलमा विवेक यादवलाई चौका प्रहार गर्दै उनले शतक पूरा गरे । उनले ५४ बल खेल्दै १२ चौका र ५ छक्का मद्दतमा शतकीय यात्रा तय गरेका हुन् ।