शनिबार २७ मंसिर, २०८२

टस जितेर जनकपुरविरुद्ध बलिङ गर्दै लुम्बिनी

टस जितेर जनकपुरविरुद्ध बलिङ गर्दै लुम्बिनी

काठमाडौं, २३ मंसिर । कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ रोजेको छ ।

टी–यू क्रिकेट मैदानमा टस जित्दै कप्तान रोहित पौडेलले जनकपुर बोल्ट्सलाई ब्याटिङको निम्तो दिएका हुन् । अहिले जनकपुरले ब्याटिङ गर्दैछ ।

जनकपुरको प्लेइङ–११ मा आसिफ शेख, अनिल शाह, लाहिरु मिलान्था, हर्श थाकर, जिम्मी नीशम, शुभ कंसाकार, मोहम्मद मोहसिन, हेमन्त धामी, किशोर महतो, ललित राजवंशी, शेर मल्ल रहेका छन् ।

यस्तै, लुम्बिनी लायन्सको प्लेइङ–११ मा आशुतोष घिरैया, अर्जुन साउद, टम मुर्स, रोहित पौडेल, सन्दीप जोरा, विवेक यादव, बेन कटिङ, साद विन जफर, रामोन सिमोण्ड्स, दुर्गेश गुप्ता, अभिषेक गौतम रहेका छन् ।

यसअघि भएका तीनरतीन खेलमध्ये लुम्बिनी लायन्सले सबै खेलमा क्षति व्यहोरेको छ भने जनकपुरले सबैमा जीत हाँसिल गरेको छ ।