गण्डकीको सांसदमा सुनिता थापाको नाम कांग्रेसले गर्‍यो अनुमोदन

गण्डकीको सांसदमा सुनिता थापाको नाम कांग्रेसले गर्‍यो अनुमोदन

काठमाडौं, २४ मंसिर । नेपाली  कांग्रेसले गण्डकीमा रिक्त सांसदमा सुनिता  थापालाई पठाउने निर्णय लिएको छ ।

बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा बसेको कार्यसम्पादन समितिले बैठकले समानुपातिकको बन्द सूचीमा रहेकी थापालाई सांसद बनाउने निर्णय गरेको हो ।

कांग्रेस सांसद विमला गौचनको निधन भएका कारण अर्को व्यक्तिलाई सांसद बनाइएको हो ।

समानुपातिक सूचीमा गौचन पछि रहेकी स्याङ्जाकी थापालाई सांसद बनाउने निर्णय भएको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी गराए ।