बुधबार २४ मंसिर, २०८२

प्रतितोला ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २४ मंसिर । साताको कारोबारको दोस्रो दिन आज (सोमवार) सुनको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, कारोबारको अघिल्लो दिन प्रतितोला १४९७०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४०० रुपैयाँले बढेर १५०१०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता, चाँदीको मूल्य स्थिर रही प्रतितोला १८६५ रुपैयाँमा खरिद–बिक्री भईरहेको छ ।