सस्तोमा आइफोन दिने भन्दै ठगी गर्ने ३ जना पक्राउ
काठमाडौं, २४ मंसिर । अनलाइनमार्फत् ठगी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेहरूमा झापाको बिर्तामोड नगरपालिका–३ घर भएका २१ वर्षीय अजित भण्डारी, गोरखाको सिरानचोक गाउँपालिका–५ घर भएका १९ वर्षीय विपिन मगराती र नुवाकोटको म्यागङ गाउँपालिका–२ कि २१ वर्षीया मधु तामाङ छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले फेसबुक पेजहरूमा विज्ञापन गरी आइफोन सस्तोमा बेच्ने भन्दै ठगी गरेको प्रहरीको भनाइ छ ।
आइफोनका लागि एड्भान्स बापतको रकम हाल्न लगाएर उनीहरू सम्पर्कविहीन हुने गरेका प्रहरीले जनाएको छ ।