भारतीय आधारकार्ड बनाएर क्यासिनोमा जुवा खेल्ने एक नेपाली पक्राउ

भारतीय आधारकार्ड बनाएर क्यासिनोमा जुवा खेल्ने एक नेपाली पक्राउ

काठमाडौं, २४ मंसिर । भारतीय आधारकार्ड बनाएर क्यासिनोमा जुवा खेलेको आरोपमा एक नेपाली पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–१ का ३७ वर्षीय विशाल बर्तौला छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यका अनुसार, उनलाई ठमेलको छाँया सेन्टरस्थित क्यासिनो वाल्डो डाइनेस्टीबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो । 

उनले क्यासिनोमा जुवा खेल्नकै लागि रमेश गुप्ताको नाममा भारतीय आधार कार्ड बनाएको प्रहरीले जनाएको छ ।

उनीबाट उक्त कार्ड समेत बरामद भएको छ । पक्राउ परेका उनलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।