रोहित र जफरको अर्धशतकमा लुम्बिनीले दियो चितवनलाई १६८ रनको लक्ष्य
काठमाडौं, २५ मंसिर । जारी नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ ।
टीयु खेल मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले कप्तान रोहित पौडेल र विदेशी खेलाडी शाद विन जफरको अर्धशतक मद्दतमा १६७ रनको योगफल बनाएको हो ।
खराब सुरुवात गरे पनि पौडेल र जफरले उत्कृष्ट ब्याटिङ गर्दै खेललाई लयमा फर्काएका हुन् ।