त्रिविको सिनेटबाट प्रधानमन्त्री ओली बाहिर निस्कँदा कर्मचारीले गरे नाराबाजी
काठमाडौं, २७ मंसिर । त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरूले नाराबाजी गरेका छन् ।
आज (बिहीबार) त्रिविको सभा (सिनेट) मा कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुन पुगेका थिए । उनी सभाबाट बाहिरिने क्रममा कर्मचारीहरूले नाराबाजी गरेका हुन् ।
कर्मचारीहरूले सेवा सुविधाको माग राखेर नाराबाजी गरेका हुन् । बिहानैदेखि कर्मचारीहरू सभास्थल अगाडि पुगेर बसेका थिए ।