दुर्गा प्रसाईं: ४० हजार धरौटीमा छाड्न अदालतको आदेश, तर तत्काल नछुट्ने

दुर्गा प्रसाईं: ४० हजार धरौटीमा छाड्न अदालतको आदेश, तर तत्काल नछुट्ने

काठमाडौं,२७ मंसिर । साइबर अपराधको कसूरमा पक्राउ परेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले  ४० हजार धरौटीमा छाड्न आदेश दिएको छ ।

आज (बिहीबार) काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्न  आदेश जारी गरेको हो  तर,  सीआईबीले आपराधिक विश्वासघातको कसूरमा अनुसन्धन गरिरहेकाले उनी तत्काल भने रिहा हुने छैनन् ।

यसअघि उनलाई प्रधानमन्त्री ओलीविरुद्ध भ्रम फैलाएको अभियोगमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई हिरासतमा लिइएको थियो ।