सिप्रदी ट्रेडिङ र बोसबीच ‘एफआईपी’ सम्बन्धी सेवा सम्झौता
काठमाडौं, २७ मंसिर । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र मोबिलिटी इकोसिस्टममा प्रविधि तथा सेवाप्रदायक कम्पनी बोस लिमिटेडबिच टाटा कमर्सियल गाडीहरुमा जडान भएका बोस (एफ.आई.पि.)हरुको मर्मत तथा संभार सम्बन्धी सेवाको लागि सम्झौता भएको छ ।
राजधानीमा एक विशेष समारोह बिच उक्त सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । उक्त सम्झौता पश्चात् अब टाटा कमर्सियल गाडीहरुको (एफ.आई.पि) सम्बन्धी मर्मतसम्भारको कार्य सिप्रदीको सर्भिस सेन्टरमा गर्दा ग्राहकहरुले न्यून खर्च र निश्चित मूल्यको साथमा उच्च गुणस्तरिय सेवा उपलब्ध गराउने सिप्रदीको प्रतिबद्धतालाई थप सशक्त बनाएको बताइएको छ ।
सो अवसरमा सिप्रदी ट्रेडिङ्ग प्रा.लि का उपाध्यक्ष सौरभराज थपलियाले भने, “ यस सम्झौताले टाटा कमर्सियल गाडीका ग्राहकहरुलाई 'एफ.आई.पि' मर्मत निश्चित मूल्य र कम लागतमा सेवा प्रदान गर्न सक्षम बनाउनुका साथै सिप्रदी तथा बोस्च को विस्तारित सर्भिस संजालले गर्दा अझ पहुँचयोग्य र किफायती बन्ने विश्वास व्यक्त गर्नु भयो” ।
त्यसैगरी, बोस इन्डियाका नेपाल प्रतिनिधि सन्दिप कामतले उक्त सहकार्यको महत्वलाई उजागर गर्दे भने, “ सिफारिस नगरिएका तथा नन् जेन्यूइन पार्टपूर्जाको प्रयोगका कारण विगतमा ग्राहकहरुले बारम्बार भोग्दै आइरहेका समस्याहरुको दिगो समाधान यस सम्झौताले प्रदान गर्ने छ । अब सत्प्रतिसत बोसको जेन्यूइन पार्टस्हरुको प्रयोग गरि निश्चित मूल्य, न्यूनतम लागतमा उच्च गुणस्तरको सेवा ग्राहकहरुले प्राप्त गर्न सक्ने छन्” ।
यो सेवा देशभर रहेका सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरुबाट प्राप्त गर्न सकिने बताइएको छ ।
एफ.आई.पि मर्मत सम्बन्धी कुनै पनि सेवाको लागि सिप्रदी सर्भिस सेन्टरमा आउदाँ ग्राहकहरुले निश्चित मूल्यमा मर्मत कार्य पाउनुको साथै गुणस्तरको प्रत्याभूती प्रदान गर्नका लागि जेन्यूइन पार्ट्सहरुमा ६ महिना सम्मको वारेन्टी सुविधा पनि प्रदान गरिने कम्पनीले जनाएको छ ।