संगठन बिस्तार र उपनिर्वाचनको समीक्षा गर्न जसपा नेपालको कार्यकारिणी समिति बैठक जारी
काठमाडौं, २८ मंसिर । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको पूर्ण बैठक सुरु भएको छ ।
केन्द्रीय कार्यालय बालकुमारीमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा मंसिर २८ र २९ गतेका लागि बोलाइएको बैठक भोलि (शनिबार)सम्म सञ्चालन हुने बताइएको छ ।
उक्त बैठकमा उपनिर्वाचनको समीक्षा र पार्टी नेतृत्वको भूमिकालगायतका विषयमा छलफल हुने प्रचार विभागले जनाएको छ ।
त्यस्तै, ‘जनतासँग जसपा नेपाल, संगठन बिस्तार अभियान’ को समीक्षा पनि बैठकमा हुने बताइएको छ ।
साथै पार्टीको आगामी संगठनात्मक कार्यदिशा र पार्टीको निजी भवन निर्माणबारे पनि बैठकमा छलफल हुने जसपा नेपालले जनाएको छ ।